Rule 20
जिल्ला शिक्षा समिति विघटन गर्न सक्ने
देहायका अवस्थामा नेपाल सरकारले जिल्ला शिक्षा समिति विघटन गर्न सक्नेछः–
(क) विद्यालयको हित विपरीत हुने गरी कुनै काम गरेमा,
(ख) ऐन तथा यस नियमावलीले दिएको अधिकारको दुरुपयोग गरेमा, वा
(ग) ऐन तथा यस नियमावली विपरीत कुनै कार्य गरेमा ।
तर त्यसरी विघटन गर्न अघि जिल्ला शिक्षा समितिलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।